यो दशैं परिवारसँग तास खेलौं
परिवारका कोही काठमाडौंमा छन्, एक जना भाइ दोहामा छन्, काका टोकियोमा। तैपनि दशैंमा तास निस्कन्छ नै। यहाँ टेबल खोल्नुहोस् र लिंक पठाउनुहोस्, अनि सबै जना आफ्नै फोनबाट एउटै खेलमा बस्छन्।
फरक फरक देशबाट सँगै खेल्ने तरिका
- तलका मध्ये कुनै खेल खोल्नुहोस् र अनलाइन साथीसँग रोज्नुहोस्। तपाईंको टेबलको आफ्नै कोड र लिंक बन्छ।
- लिंक कपी गर्नुहोस् थिच्नुहोस् र लिंक Viber, WhatsApp वा Messenger को पारिवारिक समूहमा पठाउनुहोस्।
- लिंक खोल्ने जो कोही ब्राउजर वा एन्ड्रोइड एपबाट तपाईंको टेबलमा बस्छन्। कसैले साइन अप गर्नुपर्दैन, र कोही नबसेको सिटमा बट खेल्छ।
दशैंमा परिवारले खेल्ने खेलहरू
तीन पत्तीलाई धेरैजसो नेपाली परिवारले फ्लास भन्छन्।
घरमा साँच्चैको तासले खेल्दा
घरमा तास साँच्चैको हुन्छ, तर अंक कसैले त जोड्नै पर्छ। म्यारिज पोइन्ट क्याल्कुलेटरले हरेक हातमा हरेक खेलाडीको जम्मा निकाल्छ, र यसको लाइभ स्कोरबोर्ड टेबलका सबैले आफ्नै फोनमा हेर्न सक्छन्।
म्यारिज पोइन्ट क्याल्कुलेटर खोल्नुहोस्यहाँका सिक्काको कुनै पैसा मूल्य छैन। जुनसुकै खेलमा पनि केही किनबेच वा भुक्तानी हुँदैन।
